Aamsanchar

सुनको भाउ बढ्याे

Author Image
आइतवार, कार्तिक १६, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो।

अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो।

यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

चाँदीको भाउ भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ।

Views: 591

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२