

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग सार्न सात दिनको समय दिएको छ ।

महानगरले गुठी संस्थानको जग्गामा बनेको भवनलाई भत्काउने तयारी गरेको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए ।

“तीन दिन लगाएर थापाथलीबाट त्रिपुरेश्वर जाने मोडमा रहेका अवैध संरचना भत्काइरहेका छौँ । त्यहाँ रहेको ट्राफिक कार्यालयलाई पनि मौखिकरूपमा सात दिनभित्र सर्नका लागि समय दिइएको छ,” उनले भने ।


महानगरका अनुसार, गुठी संस्थानको जग्गाभित्र होटल, पसललगायत संरचना निर्माण गरिएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले भवन भत्काउनेबारे आफूलाई जानकारी नभएको बताए ।
Views: 67

