Aamsanchar

शिक्षा मन्त्रालयको काम सिंहदरबारबाटै हुने

Author Image
आइतवार, कार्तिक १६, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ । जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि केसरमहलमा सारिएको थियो । मन्त्रालयका प्रवक्ता शीवकुमार सापकोटाका अनुसार तिहारपछि सिंहदरबाट सेवा सुरु गरिएको छ ।

‘तिहारपछि सिंहदरबारमै काम सुरु भएको छ । केसरमहलबाट क्रमशः सार्ने काम भइरहेको छ,’ उनले भने ।

आगजनीले क्षति भएको मन्त्रालयको मर्मत पनि भइरहेको उनले बताए । उनका अनुसार केही काम भने केशरमहलबाटै हुनेछ ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर