

काठमाडौँ – वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् । जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला पारेका छन् ।

यसले भाइरस फैलिने र नयाँ रोगको खतराको सम्भावना बढाएको छ । कयौँ भाइरसका स्रोत हुन् चमेरा । यिनै मध्ये एक हो बीटा कोरोनाभाइरस । यसमा सार्स–कोभ २ र मार्स–कोभ २ पनि पर्छन् ।

ओसाका र सिड्नी विश्वविद्यालयहरूको टोलीले बीआरजेड ब्याटकोभ नाम गरेको भाइरस फेला पारेका छन् । यो किराफट्याङ्ग्रा खाने सानो खालको चमेरो ।


यो चमेरो दक्षिण अमेरिकामा जहाँसुकै पाइन्छ । यो भाइरस अहिलेसम्म पहिचान आएका पाँच ज्ञात बीटा कोरोनाभाइरस उप–प्रजातिहरू भन्दा धेरै फरक रहेको र यसले नयाँ उप–प्रजातिको प्रतिनिधित्व गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
Views: 115

