

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयमा सरेका छन् । मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमा सरेका हुन् ।

केशरमहलबाट मन्त्री पुनको सामान सारिएको छ ।

गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बसेका थिए । जेन–जी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि अस्थायीरूपमा मन्त्रालय केशरमहलमा सारिएको थियो ।


मन्त्रालयको मुल काम सिंहदरबारबाट हुन थालेपछि मन्त्री पुन पनि सरेका हुन् । मन्त्री पुनलाई बस्ने व्यवस्था मन्त्रालयमै मिलाइएको छ ।
‘मन्त्रीज्यू आजदेखि यतै बस्नु हुन्छ,’ सहसचिव अनिता निरौलाले भनिन् ।
मन्त्रालयका अनुसार केही काम केशरमहलबाट पनि हुनेछ । सिंहदरबारमा अझै मर्मतको काम भइरहेको छ । त्यसैले दुवै ठाउँबाट कामकाज गरिने मन्त्रालयले जनाएको छ ।
Views: 165

