

विराटनगर – सुनसरीको इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन्।

शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन्।

थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र १–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन्। खनालको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा उपचार भएको थियो।

थापा भने ठक्कर दिएर सम्पर्क बाहिर रहेका थिए। उनले पहुँचको आधारमा खनाललाई उल्टै हप्की दप्की समेत गरेको आरोप लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले थापा पक्राउ परेको जानकारी दिँदै अब कानुन बमोजिम प्रक्रिया अघि बढाइने जानकारी दिए।
Views: 803

