Aamsanchar

युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने एमाले बाँकेको निर्णय

Author Image
सोमवार, कार्तिक १७, २०८२

बाँके- नेकपा (एमाले) बाँकेले जेन्जी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरेको छ । जेन्जी आन्दोलन लगत्तै पार्टीका भेला र बैठक आयोजना गरिएकोमा अब जनप्रदर्शन लगायतका कार्यक्रम गरिने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो।

गुरुङले भन्नुभयो, “जेन्जी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालय पुननिर्माण गरी सोही भवनमा बसेको जिल्ला कमिटीको बैठकले जनपरिचालनको निर्णय गरेको हो ।” शनिबार र आइतबार भएको जिल्ला कमिटीको बैठकले नयाँ युवाहरुसँग सार्थक संवाद चलाउने निर्णय गरेको हो । कात्तिक २२ गते ८१ वडामा र २४ गते आठवटा पालिकामा नवयुवासँग सार्थक संवाद र जनभेला गरिनेछ ।

जिल्ला कमिटीका इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल र केन्द्रीय सदस्य सूर्य ढकाल र दिपा शर्माले एमालेले बाँकेमा पार्टी गतिविधि बढाउँदै पार्टीलाई पहिलो शक्ति बनाउन लागिपरेको बताउनुभयो।

एमाले बाँकेका उपाध्यक्ष तथा भवन पुनर्निर्माण समितिका संयोजक रत्न खत्रीले कार्यकर्ता र शुभेच्छुकको सहयोगमा पार्टी कार्यालय पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले बाँकेले निर्णय सार्वजनिक गरेको छ ।

एमालेको निर्णयअनुसार कात्तिक २९ गते जिल्लास्तरीय जनभेला र मङ्सिर १ गते जेन्जी आन्दोलनको नाममा आपराधिक कार्यमा संलग्नलार्इ कार्बाहीका लागि दबाब दिन धर्ना दिइने भएको छ । एमालेले कांग्रेस र माओवादी केन्द्र लगायत राजनीतिकदलसँग मिलेर पुस्पालाल, गणेशमान र बिपिका ढालिएका शालिक पुनःस्थापना गर्न पहल भइरहेको जनाएको छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर