Aamsanchar

ताप्लेजुङमा चौँरीको आक्रमण गर्दा एक विदेशी नागरिक घाइते

Author Image
सोमवार, कार्तिक १७, २०८२

ताप्लेजुङ-  ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो ।

फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आउनुभएको थियो ।

अहिले उहाँको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँलाई हेलिकोप्टरबाट थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको र हेलिकोप्टर आज आउने प्रहरीले जनाएको छ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर