Aamsanchar

कनकाईमा एक पुरुष मृत अवस्थामा फेला

Author Image
सोमवार, कार्तिक १८, २०८२

झापा।
झापाको कनकाई नगरपालिका–२, झण्डीखोप भन्ने स्थानमा अन्दाजी ४०–४२ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत पुरुष पहाडी समुदायका देखिने बताइएको छ भने उनको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन । उनलाई आज दिउँसो करिब १२:३० बजे स्थानीयले घोप्टो परेर मृत अवस्थामा फेला पारेका थिए ।

घटनास्थलको अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 1456

प्रतिक्रिया (०)

सम्बन्धित खबर