

काठमाडौं – दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौ ल्याइदैछ।

हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो। प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको थिएन्।

आज बिहान मात्रै मृतक तथा घाइतेहरुलाई लिएर हेलिकोप्टर काठमाडौं फर्कने तयारीमा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।


हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको भनिए पनि सन्चार सम्पर्कमा कठिनाईका कारण यकिन नभएको उनले बताए। १२ जनाको टोली हिमशृङ्खला आरोहणका लागि गएको थियो। दोलखाका प्रहरी उपरिक्षक महतोका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ हिजै गएको छ।
घट्ना भएको वेसक्याम्पमा सोलरका भरमा मात्रै रहेकोले सन्चार सम्पर्क गर्न कठिनाई रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए।

