Aamsanchar

चुनावमा लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

Author Image
मङ्गलवार, कार्तिक १९, २०८२

काठमाडौं – आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ ।’ अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ ।

निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।

निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यकक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ ।

यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर