

काठमाडौं – भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालबाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बिलासपुर-कटनी खण्डको लाल खदान क्षेत्र नजिकै कोरबा यात्रुवाहक रेल रोकिएको मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको हो ।

यात्रुबाहक रेल मालबाहक रेलमा ठोक्किँदा रेलका धेरै डिब्बाहरू पटरीबाट उछिट्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


दुई रेल ठोक्किएपछि रेलको ओभरहेड तार र सिग्नल प्रणालीमा गम्भीर क्षति पुगेका कारण उक्त रुटमा रेल सञ्चालन अवरुद्ध भएको छ ।
Views: 309

