Aamsanchar

रवि लामिछानेलाई आज सिंहदरबार ल्याइँने

Author Image
बुधवार, कार्तिक १९, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज दिउँसो १ बजे सिंहदरबार ल्याइँने भएको छ।

जेन–जी आन्दोलनको जाँचबुझका लागि सरकारले बनाएको छानबिन आयोगले बयानका लागि बोलाएको हो। नख्खु प्रकरणका विषयमा लामिछानेलाई बयान लिन लागिएको हो।

गत २४ भदौमा नख्खु जेलबाट निस्किएको विषयमा उनीमाथि सार्वजनिक प्रश्च उठेका छन्। यसअघि नख्खु जेल प्रशासनसँग पनि आयोगका पदाधिकारीले बयान लिइसकेका छन्।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन गरेको छ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर