

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् । यद्यपी दीपेन्द्रको रेटिङ अंक भने घटेको छ । उनको अंक घटेर २०२ भएको हो । अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज उक्लँदा भारतका हार्दिक पान्ड्या चौथोमा र अफगानिस्तानका मोहम्मद नाबी पाँचौंमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा छन् ।
Views: 115

