

काठमाडौं । नेपाल सरकारले ८८‘नागरिक बचाउ महाअभियान’८८लाई वार्ताका लागि आधिकारिक पत्र बुझाउँदै बार्तामा बोलाएको छ।

गृह मन्त्रालयद्वारा तयार गरिएको लिखित पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत तारानाथ फुल्लेलको नेतृत्वमा रहेको टोलीमार्फत मंगलबार (कार्तिक १८ गते) अपरान्ह भक्तपुरस्थित अभियानको केन्द्रीय सचिवालयमा पुगेर बुझाइएको हो।

अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितका अनुसार सो पत्र हालै अभियानलाई औपचारिक रूपमा सरकारसँग संवादमा सहभागी गराउने उद्देश्यले पठाइएको हो।


“अध्यक्ष देशबाहिर रहनु भएकाले उहाँको आगमनपछि केन्द्रीय समितिको बैठक बसेर पत्र र वार्तासम्बन्धी विषयमा अभियानको आधिकारिक धारणा सार्वजनिक गरिनेछ,” प्रवक्ता कल्पितले जानकारी दिनुभयो।
Views: 119

