Aamsanchar

काठमाडौंमा चन्द नेतृत्वको नेकपाको प्रदर्शन,सर्वपक्षीय अन्तरिम सरकारको माग

Author Image
बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो ।

काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर