Aamsanchar

लापसे र मापसे गरेर विद्यालयको बस चलाउने पक्राउ

Author Image
बिहिवार, कार्तिक २१, २०८२

काठमाडौं-  मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालयको बस चलाउनेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको लागु पदार्थ सेवन (लापसे) र मापसे गरेर गाडी चलाउनेहरुको जाँच ट्राफिकले गरेको थियो ।

सो क्रममा ४ जना चालकले लापसे र ५ जना चालक मापसे गरेको भेटिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेशराज सुवेदीले बताए ।

जसमध्ये मापसे गरेर सवारी चालन २ जना सार्वजनिक बसका चालक र १ जना स्कुल बसका चालक रहेको उनले बताए । त्यस्तै एक जना माइक्रो बसका चालक छन् ।

लापसे गरेर चलाउने भाडाको माइक्रो चलाउने ४ जना चालक पक्राउ परेका छन् ।

Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर