

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा सन्देश दिएका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई उद्देश्यमुखी सन्देश दिँदै जनताको विश्वास गुमाएको आरोप लगाएका छन्। उनले लेखेका छन्, “तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। ‘हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज देशभर गुञ्जिँदा पनि ‘जेन्जीलाई कारबाही गर’ भन्ने सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”

उनले सहिदको रगत, जनताको आँसु र आफ्नै वाचा सम्झन आग्रह गर्दै भनेका छन्, “अब दुई महिना हुन लागिसक्यो, न त कुनै भ्रष्टाचारमाथि कारबाही भयो, न कुनै हत्यारा पक्राउ पर्यो। देशको हितका लागि लड्दा भ्रामक समाचार र चरित्र हत्या सहँदै पनि मौन बसेँ, तर अब तपाईंप्रति आशा समाप्त भइसकेको छ।”


गुरुङले युवाहरू अब सचेत भएको चेतावनी दिँदै भनेका छन्, “त्जभ थयगतजक या ल्भउब िबचभ लयत कतगउष्म, धभ बचभ धबष्तष्लन। चेतना होस्, चुनावको नाटक नचलोस्। यदि जनताको माग सम्बोधन भएन भने यसपालिको चुनाव हुन दिइने छैन।”
उनले गृहमन्त्रीलाई दुई दिनभित्र देशको हितमा ठोस कदम चाल्न आग्रह गर्दै आगामी पत्रकार सम्मेलनले उनको भविष्य निर्धारण गर्ने चेतावनी दिएका छन्।

