Aamsanchar

रामकुमारी झाँक्री र किसान श्रेष्ठले भेटे एमाले अध्यक्ष ओलीलाई

Author Image
बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं –  नेकपा (एकीकृत समाजवादी)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठको समूहले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । बिहीबार (कात्तिक २०) झाँक्री, श्रेष्ठले एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेलसँग भेट गरेका हुन् ।

दुई नेताले संयोजन गरेर अरु केन्द्रीय सदस्यहरूलाई एमाले प्रवेश गराउने तयारी भएको छ ।

आगामी कात्तिक २४ गते राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमाले फर्कने गरी कुराकानी भएको नेताहरूले जनाएका छन् । झाँक्री र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेर एमाले फर्कन चाहेको सन्देश दिएका थिए ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर