Aamsanchar

सुनचाँदीको मूल्य बढ्यो

Author Image
शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर