Aamsanchar

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा सांसद अन्सारीले आफ्नै मुखमा कालो मोसो दले

Author Image
शनिवार, कार्तिक २२, २०८२

काठमाडौं – मधेश प्रदेशका सांसदले आफ्नै मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा माओवादी केन्द्रका सांसद (हाल नेपाली कम्युनिस्ट पार्टी)रहबर अन्सारीले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्।

 

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए।

माओवादी केन्द्र मदेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहप्रति असन्तुष्टि जनाउँदै आएका सांसद अन्सारीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरे।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर