

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा आज सुन २ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ६०० कायम भएको छ। शुकबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० पुगेको थियो।

यसदिन चाँदीको मूल्य सामान्य घटेको छ। महासंघका अनुसार आज ५ रुपैयाँले घटेर एक तोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार २० रुपैयाँ पुगेको थियो।
Views: 381

