

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने बताएका छन्। मधेश प्रदेशमा शनिबार भएको घटनालाई दृष्टान्त दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने तर्क गरेका छन्।

‘२५ दिनमा मधेश प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

राप्रपा नेपालले प्रदेश संरचना खारेजी, हिन्दुराष्ट्र पुनःस्थापना र राजतन्त्रको पुनर्बहालीको माग गर्दै आएको छ।


Views: 51

