Aamsanchar

यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
आइतवार, कार्तिक २४, २०८२

मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, मास्टरचोकमा शनिबार (कात्तिक २२) राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई उद्धार गरी उपचारका निम्ति हेटौँडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेका डीएसपी बोगटीले बताए ।

ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर