Aamsanchar

मेची पुलबाट ‘टुर दी मेची–महाकाली २०८२’ साइकल यात्रा सुरु

Author Image
आइतवार, कार्तिक २४, २०८२

झापा – भद्रपुरस्थित मेची पुलबाट ‘टुर दी मेची–महाकाली २०८२’ साइकल यात्रा सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहानदेखि भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ गरेको हो।

 

यात्रामा पाँच जना साहसी साइकल यात्रीहरू जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतोले पूर्वी सिमाना मेचीदेखि पश्चिमी सिमाना महाकालीसम्म प्याडलमार्फत यात्रा गर्नेछन्।

भद्रपुरका पर्यटन स्थलहरूको प्रवर्द्धन, साइकल संस्कृतिको विकास र स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणप्रति जनचेतना जगाउन यात्रा गरिएको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए।

 

उनका अनुसार यात्राको मार्ग मुख्य रूपमा पूर्व–पश्चिम राजमार्ग हुनेछ। दैनिक करिब १५० किलोमिटर दूरी पार गर्ने लक्ष्य रहेको छ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर