Aamsanchar

झाक्री आज ‘पुरानै घर’ फर्किँदै

Author Image
सोमवार, कार्तिक २४, २०८२

काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलगायत नेता सोमबार एमालेमा फर्किँदैछन् । झाँक्री, किसान श्रेष्ठलगायत औपचारिकरूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्।

यसका लागि एमालेले दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ सभाको आयोजना गरेको छ। सोही कार्यक्रममार्फत औपचारिकरूपमा नेकपा एमाले प्रवेश गर्न लागेका हुन् । झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यो घर फर्क अभियान भएको बबताएकी छिन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरुलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि झाँक्री असन्तुष्ट थिइन्।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर