Aamsanchar

लागुऔषधसहित दुईजना पक्राउ

Author Image
सोमवार, कार्तिक २५, २०८२

रौतहट –  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकि प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।

 

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी १६ का बुद्ध सिंह वाईवा र सर्लाहीकै हरिवन नगरपालिकाका सरिन योन्जन रहेका छन्। उनीहरूका साथबाट प्रहरीले १ सय ३० पिस ट्रामाडोल बरामद गरेको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा अवैधरूपमा राखिएको प्रतीबन्धित लागुऔषध ट्रामाडोल फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि लागुऔषध ९व्यवस्थापन० सम्बन्धी ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर