Aamsanchar

निर्वाचन आयोगद्वारा वामदेव नेतृत्वको पार्टी खारेज

Author Image
बुधवार, कार्तिक २६, २०८२

काठमाडौँ-  वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।

नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।

आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।

 

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर