

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार १ सय रुपैयाँले कम हो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ थियो।

यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार ३ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
Views: 211

