

विराटनगर – कोसी प्रदेशसभा सचिवालय आज (बुधबार)देखि औपचारिक रूपमा मोरङको कटहरीस्थित कृषि थोक बजारमा सरेको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको हो ।

‘जेनजी आन्दोलन’का क्रममा विराटनगरको हाटखोलास्थित पुरानो सचिवालय भवनमा आगजनी र तोडफोड भएपछि उक्त भवन प्रयोग गर्न अयोग्य बनेपछि सचिवालयलाई नयाँ भवनमा सारिएको हो । अबदेखि प्रदेशसभासम्बन्धी सबै प्रशासनिक र विधायी सेवा नयाँ स्थलबाट सञ्चालन हुनेछ ।

यसैबीच, कोसी प्रदेशसभामुख अम्बरबहादुर विष्टले सुदर्शन खड्कालाई प्रदेशसभा सचिवमा सिफारिस गरेका छन् । सचिवालयका अनुसार, उनको आजै औपचारिक रूपमा नियुक्ति हुँदै अपराह्न ३ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ । खड्का यसअघि संघीय संसद् सचिवालयमा कार्यरत थिए ।


Views: 37

