Aamsanchar

बढ्यो अमलाको भाउ

Author Image
बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं – स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो ।

आज बिहीबार अमलाको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा ६५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको ७५ रुपैयाँ पुगेको हो ।

 

भदौ पहिलो साता अमला प्रतिकिलो १ सय ७० रुपैयाँसम्मा किनबेच भएको थियो ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । अमलामा अरू फलफूलमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

 

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर