Aamsanchar

राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उदघाटन

Author Image
बिहिवार, कार्तिक २८, २०८२

इनरुवा- सुनसरीको इनरुवा नगरपालिका–९, बबिया जमुवामा रहेको राजाजी हिडिबार बाबा ग्रामथानमा मण्डप तथा धर्मशालाको उदघाटन गरिएको छ ।

सदियौं पुरानो ऐतिहासिक धार्मिकस्थलको रूपमा रहेको इनरुवा-९, बबिया राजाजी डिहिबार बाबा ग्रामथान जमुवाको परिसरमा अष्ट्याम मण्डप तथा धार्मिक कार्यक्रमका सहभागीहरूलाई बस्ने धर्मशालाको उदघाटन गरिएको हो ।

डिहिबार बाबा ग्रामथान जमुवाको अष्ट्याम मण्डपको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र धर्मशालाको कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहताले उदघाटन गर्नुभयो ।

हिडिबार थानमा मण्डप तथा धर्मशालाको उदघाटनअघि सयौंको सङ्ख्यामा स्थानीयले कलश यात्रा निकाल्नु भएको थियो । यहाँका श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थितिमा दुई कार्यक्रमबिच उदघाटन भएको स्थानीय समाजसेवी प्रधानाध्यापक शिवनन्दन मेहताले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नु हुँदै प्रदेशसभा सदस्य रामप्रसाद मेहताले धर्मकर्मको उदगम थलो भएको राजाजी डिहिबार बाबा ग्रामथान हिन्दुहरूको आस्थाको केन्द्र भए पनि मुस्लिमहरूले समेत सहयोग गरेको बताउनुभयो ।

इनरूवा वार्ड नम्बर ५ का वडाध्यक्ष अनिल पोखरेल, अपन स्वर्ग नेपाल कला संस्कृतिका केन्द्रीय अध्यक्ष झोटन मेहता लगायत मान्यजन, श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर