Aamsanchar

बिर्तामोडमा दिपल एस०५ भव्य सार्वजनिक, लक्जरी–स्टाइल–टेकको नयाँ स्तर

टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पेनसँगै पूर्वमा इभी बजार तातियो

Author Image
शुक्रवार, कार्तिक २९, २०८२

बिर्तामोड ।
भविष्य प्रविधिमै केन्द्रित इलेक्ट्रिक गाडीको नयाँ नामका रूपमा चिनिँदै आएको दिपलको अत्याधुनिक एसयूभी एस०५ अब पूर्वाञ्चलको सडकमा देखिन थालेको छ। दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बिहीबार बिर्तामोडमा आयोजना गरिएको भव्य कार्यक्रममार्फत यो मोडल सार्वजनिक गर्यो।

कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, उद्योग वाणिज्य संघ अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा तथा प्रबन्ध निर्देशक अनुस्थान थापा उपस्थित थिए।

नेपालमा भर्खरै सार्वजनिक भए पनि २०० भन्दा बढी युनिट विक्री गरिसकेको एस०५ ले अब पूर्वी नेपालमा इभी सेग्मेन्टलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। यो मोडलमा विश्वकै चर्चित ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसले  ५ हजार चार्जिङ साइकल (करिब ६ लाख किमि) को आयु प्रदान गर्छ।

लक्जरी फिनिस र स्मार्ट–टेक सुविधाले चर्चामा रहेको एस०५ मा फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड, हिटेड सिट, साथै यात्रुलाई ‘जिरो ग्राभिटी’ अनुभव दिने क्विन कोपाइलट सिटसमेत छ।
यसका अतिरिक्त, ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ रिमोट इन–आउट पार्किङ, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, तथा १४.४ इन्चको सनफ्लावर टचस्क्रिनजस्ता अत्याधुनिक फिचरले यो एसयूभीलाई अझ आकर्षक बनाएको छ।

सार्वजनिक कार्यक्रममा नै विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज अफर सुरु गरिएको छ, जसले पूर्वी नेपालका ग्राहकलाई दिपल एस०५ प्रत्यक्ष अनुभव गर्ने मौका दिएको छ।

Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२