Aamsanchar

सन्तोष परियारले रास्वपा छोडे

Author Image
शुक्रवार, कार्तिक २९, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। छुट्टै अभियान सञ्चालन गर्ने उद्देश्यले परियारले राजीनामा दिएका हुन्।

 

प्रवक्ता मनिष झाले नेता परियारले इमेलमार्फत आफू रास्वपाबाट अलग हुने जानकारी गराएको बताए। परियारले कार्यवाहक उपसभापति र महामन्त्रीलाई इमेलमार्फत रास्वपाबाट अलग हुने जानकारी गराएका थिए। यद्यपि परियारसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

परियार विघटित प्रनिधिसभा सदस्य एवं रास्वपाका प्रमुख सचेतक थिए।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर