

काठमाडौं – भारतस्थित श्रीनगरको नौगाम प्रहरी चौकी भित्र भएको विस्फोटमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ। जम्मू कश्मीरका प्रहरी महानिर्देशक ९डीजीपी०नलिन प्रभातले विस्फोटमा नौ जनाको मृत्यु भएको र २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताए

पत्रकार सम्मेलनमा उनले एफएसएल टोलीले नमुना लिने प्रक्रिया धेरै सावधानीपूर्वक गरेको भए तापनि दुर्भाग्यवश राति लगभग ११.२० बजे दुर्घटना भएको बताए। बीबीसीका अनुसार उनले यस घटनाको बारेमा अन्य कुनै पनि प्रकारको अनुमान लगाउनु बेकार भएको बताए।

डीजीपीले भने, ‘यस दुर्भाग्यपूर्ण घटनामा नौ जनाको मृत्यु भएको छ। यसमा तीन जना एफएसएल टोलीका कर्मचारी, दुई जना राजस्व अधिकारी र अन्य कर्मचारीहरू समावेश छन्। यसबाहेक २७ जना प्रहरी, दुई जना राजस्व अधिकारी र तीन जना सर्वसाधारण घाइते छन्।’
घाइतेहरूको नजिकैको अस्पतालमा लगेर उपचार भइरहेको छ। उनले भने, ‘प्रहरी चौकीको भवनमा ठूलो क्षति पुगेको छ। यसबाहेक छेउका भवनहरूमा पनि क्षति पुगेको छ। यो घटनाको पछाडिको कारणहरूको अनुसन्धान भइरहेको छ।’
यसअघि समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै ह्वाइट(कलर आतंक मोड्युल केससँग सम्बन्धित विस्फोटक पदार्थहरूबाट नमुनाहरू लिइँदै गर्दा विस्फोट भएको उल्लेख गरेको थियो। यो विस्फोटक हरियाणाको फरीदाबादबाट ल्याइएको थियो।

