

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। सोमबारदेखि मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिता सम्बन्धी जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यानका महासचिव पारस खड्काले सार्वजनिक गरेका हुन्।

उनका अनुसार यसपटकको एनपिएल विजेता टोलीले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले रु ५१ लाख, तेस्रो हुँदा रु २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले रु १५ लाख पाउनेछ।

अघिल्लो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। यस्तै, यसपटक पनि आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा रहनेछन्। प्रतियोगिताको उद्घाटन खेल गत च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ।
Views: 66

