Aamsanchar

गाडीको छतमा राखेको जस्ता पाता खस्दा गाडीमा सवार एक जनाको मृत्यु

Author Image
सोमवार, मंसिर २, २०८२

गुल्मी – मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ ।

आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो चढ्दा टिन खसेको थियो ।

टिनले लागेर सोही गाडीमा सवार ४९ वर्षीय मिनबहादुर बि।क। गम्भीर घाइते भएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गाडी चालक २५ वर्षीय प्रताप रायमाझीलाई प्रहरीले कागजपत्रसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर