Aamsanchar

काम नगरी अलपत्र पारेका २५ वटा रुग्ण ठेक्का तोडियो

Author Image
सोमवार, मंसिर २, २०८२

काठमाण्डौ – सडक डिभिजन कार्यालय काठमाण्डौले काम नगरी अलपत्र पारेका २५ वटा रुग्ण ठेक्का तोडेको छ ।

निर्माण व्यवसायीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ । अव ती निर्माण कम्पनीहरुलाई ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडी बढ्नेछ ।

साथै निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन समेत दिइएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन निर्देशन दिनुभएको थियो ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर