Aamsanchar

मेची दृष्टि आई हस्पिटललाई ‘उत्कृष्ट करदाता’ सम्मान– लगातार दोस्रो वर्ष

Author Image
सोमवार, मंसिर २, २०८२

बिर्तामोड । बिर्तामोड–३ स्थित मेची दृष्टि आई हस्पिटलले यस वर्ष पनि कर क्षेत्रको उत्कृष्टताको सौगात हात पार्दै भद्रपुर आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ। ‘कर प्रणालीको सार—लगानीको आधार’ भन्ने मूल नारासहित मनाइएको १४औँ राष्ट्रिय कर दिवसमा झापा कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर बुझाउने संस्थाका रूपमा हस्पिटल सम्मानित भएको अध्यक्ष राम उप्रेतीले जानकारी दिए।

भद्रपुरमा आयोजित सम्मान कार्यक्रम आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा विशेष अतिथि आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले सम्बोधन गरेका थिए।

लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताको सूचीमा परेपछि मेची दृष्टि आई हस्पिटलले सेवाको गुणस्तर र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। हस्पिटलका अध्यक्ष उप्रेतीले सम्मान ग्रहण गर्दै आगामी दिनमा सेवा प्रभावकारिता बढाउँदै बिरामीलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर