Aamsanchar

सुनको भाउ घट्यो

Author Image
मङ्गलवार, मंसिर ३, २०८२

काठमाडौं – मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

छ दिनमा सुनको भाउ करिब ११ हजार घटेको छ । कात्तिक २७ गते २ लाख ५० हजार २ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर