Aamsanchar

सुरुङ्गामा श्री कनकाई छठ सेवा समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा महतो

Author Image
मङ्गलवार, मंसिर ३, २०८२

कनकाई । श्री कनकाई छठ सेवा समाज, कनकाई नगरपालिका–३ को नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । मंसिर १ गते सोमवारका दिन संस्थाका आजिवन सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, लेखा समिति, वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरू सहभागी रहेको बृहत् छलफलपछि नयाँ समिति गठन गरिएको हो।

निर्वाचित नयाँ कार्यसमितिको अध्यक्ष : श्री खगेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष : श्री धर्मेन्द्र शाह, उपाध्यक्ष वरेन्द्र प्रसाद शाह, महासचिव : नुतन अमात्य, कोषाध्यक्ष : सचिव : भारतीय कुमारी शाह (करुणा), कोशाध्यक्ष : श्याम शाह त्यसैगरी सदस्यहरुमा श्याम शाह, सुबोध शाह, रामनाथ पण्डित, श्री राजु कारक, निरज शाह (राजु), अवण कुमार सहनी, महिला सदस्य रुकमणी ठाकुर (रूपा), वर्षा शाह,

निर्वाचन समितिका संयोजक किसन कुमार सोनी, सदस्य राजकिशोर चौधरी र रामप्रसाद साहले समाजको वार्षिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सर्वसम्मत चयन प्रक्रिया सम्पन्न गरिएको बताए ।

नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समितिले “जय छठी मैया” भन्दै सामाजिक तथा धार्मिक सेवामा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।

Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर