Aamsanchar

आजको माैसम

Author Image
बुधवार, मंसिर ४, २०८२

काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ। बुधबा बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९।४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२