

फुङ्लिङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन्।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन्।

चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन्। पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएको शेर्पाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।


Views: 55

