Aamsanchar

नुहाउने क्रममा बेपत्ता पुरूषकाे शव फेला

Author Image
बुधवार, मंसिर ४, २०८२

सुनसरी – जिल्लाको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षीय देवेन्द्र भट्टराईको शव सशस्त्र प्रहरीले मंसिर ३ गते फेला पारेको छ।

उनीसँगै नुहाउन गएका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षीय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारको लागि साई अस्पताल झुम्का पठाइएको छ। उनीहरूसँगै नुहाउन गएका ५८ वर्षीय भिमराज काफ्ले नुहाएर फर्कँदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुबेको जानकारी गराएका थिए।

सो लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं। ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीले रोहित काफ्लेलाई जिवितै उद्धार गरेको थियो भने देवेन्द्र भट्टराईको शव घटनास्थल भन्दा करिब ५० मिटर तल फेला पारेको हो।

उद्धार गरिएका देवेन्द्र भट्टराईको अवस्था भने सामान्य रहेको बताइएको छ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर