Aamsanchar

दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै

Author Image
बिहिवार, मंसिर ५, २०८२

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदैछ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

 

प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई पक्राउ गरेको हो। शान्तिविरुद्धको कसुरमा प्रसाईं पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको छ।

सोमबार दिउँसो पत्रकार सम्मलेन गरी प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाउँदै प्रसाईंले आफ्नो फेसबुकमा भिडियो समेत सार्वजनिक गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनको तयारीमा रहेका उनी परेका हुन्।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर