Aamsanchar

धरानमा मोटरसाइकलबाट ल्याउँदै गरेको २५ किलो गाँजा बरामद

Author Image
बिहिवार, मंसिर ५, २०८२

सुनसरी – धरान उपमहानगर–१३ जिरो प्वाइन्टबाट प्रहरीले गाँजा बरामद गरेको छ। गएराति मोटरसाइकलमा ल्याउँदै गरेको २५ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको हो।

चालक भने फरार रहेको बिलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर