

काठमाडौं – बाराको सिमरामा आज(मंसिर ४) पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले यस दिन दिउँसो १ देखि बेलुका ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् ।

सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कर्फ्यु लगाइएको आदेशमा उल्लेख छ । कर्फ्यु अवधिमा उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने व्यवस्था छ ।

बिहीबार समेत ‘जेनजी’ सडकमा उत्रिएपछि कर्फ्यु आदेश जारी गरिएको हो । बुधबार (मंसिर ३) पनि त्यहाँ दिउँसो १ देखि बेलुका ८ बजेसम्म कर्फ्यु लगाइएको थियो ।


उक्त क्षेत्रमा बुधबार नेकपा (एमाले)का कार्यकर्ता र जेनजीबीच झडप भएको थियो । त्यसपछि सिमरा अशान्त छ ।
Views: 76

