

काठमाडौं – नेपाल प्रिमियर लिगमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा दिउँसो ४ बजे आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।


सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो। पोखरा एभेन्जर्स पहिलो खेलमा विराटनगर किंगसँग ५३ रनले पराजित भएको थियो।


सुदूरपश्चिम रोयल्स आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखरा एभेन्जर्स दोस्रो संस्करणमा आफ्नो पहिलो जित दर्ता गर्न चाहन्छ।
यो खेलमा नेपाली क्रिकेटका दुई ुबेस्ट फ्रेन्डुको एकआपसमा प्रतिस्पर्धा हुँदैछ । नेपाल पुलिस क्लबमा सँगै आफ्नो करियर सुरु गरेका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
भुर्तेलले पोखरा एभेन्जर्सको र ऐरी सुदूरपश्चिम रोयल्सको कप्तान हुन्।
सुदूरपश्चिम रोयल्सको टिम :
दिपेन्द्र सिंह ऐरी(कप्तान), आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, मिलन बोहरा, दिपक बोहरा, नरेन साउद, दिपेन्द्र थापा हिक्मत महरा, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन, ध्रुव परासर, स्कट केगुइलिन
प्रमुख प्रशिक्षक : जगत टमटा
पोखरा एभेन्जर्सको टिम:
कुशल भुर्तेल(कप्तान), बिपिन खत्री, दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री, जिमी निसम, एडम रोसिङटन, जासोन रोय, रेमन रेइफर, डान डौथवेइट
प्रमुख प्रशिक्षक स् राजीव कुमार

