Aamsanchar

बंगलादेशमा ५.७ माग्निच्युडको भूकम्प

Author Image
शुक्रवार, मंसिर ६, २०८२

काठमाडौं-  बंगलादेशमा ५.७ माग्निच्युडको भूकम्प गएको छ । मिडिया रिपोर्टअनुसार भूकम्प बिहान करिब १० बजेर ३८ मिनटमा गएको थियो ।

जर्मनको अनुसन्धान केन्द्र जिओसाइन्सेज(जीएफजेड)ले शुक्रबार दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा थियो । जसका कारण धेरै क्षेत्रमा झट्का महसुस भएको थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणअनुसार भूकम्पको केन्द्रबिन्दु नरसिंगदी सहरमा थियो जुन राजधानी ढाकाबाट करिब ४० किलोमिटर टाढा छ ।

प्रारम्भिक रिपोर्टअनुसार यो भूकम्पबाट अहिलेसम्म कुनै ठूलो क्षति वा जनधनको नोक्सानीको खबर प्राप्त भएको छैन । समाचार एजेन्सी रोयटर्सको अनुसार भूकम्पका बेला ढाकाका भवनहरू हल्लिएका र केही कच्चा घरहरू ढलेका बताइएको छ ।

यसको झट्का भारतीय सहर कोलकातामा पनि महसुस गरिएको बताइएको छ । कोलकातामा मानिसहरू आफ्ना घर र कार्यालयबाट बाहिर निस्किएका थिए । कोलकाताका धेरै मानिसहरूले सोशल मिडियामा भूकम्पको बारेमा पोस्ट गरेका थिए ।

 

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर