विर्तामोड । सामाजिक उत्तरदायित्व र समुदायप्रतिको योगदानलाई प्राथमिकता दिँदै नेस्ट डिजाईन ब्रान्डिङ स्टुडियो र क्रिएशन हाउसले संयुक्त रूपमा अनारमनी प्रहरी चौकीलाई लाइट बोर्ड हस्तान्तरण गरेका हुन्।

नेस्ट डिजाइन ब्रान्डिङ स्टुडियोका सञ्चालक तथा अनारमनी सोशल युथ क्लबका सदस्य रोशन खरेलका अनुसार, लाइट बोर्ड स्थापनाले प्रहरी चौकीको सूचना पहुँचलाई सहज बनाउने, रात्री समयमा स्पष्ट पहिचान दिलाउने तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको छ।

कार्यक्रममा स्टुडियो तथा क्रिएशन हाउसका सञ्चालक मिलन सङ्ग्रौलासहितको टोलीले समुदायको सुरक्षामा प्रहरीको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि समाजमुखी सहयोग निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

कार्यक्रममा अनारमनी प्रहरी चौकीका तर्फबाट बजार झापाका असोजित शुसान्त पौडेल, अनारमनी सोशल युथ क्लबका उपाध्यक्ष प्रवास थापा मगर, क्लब सदस्य तथा मुखिया प्रोडक्सन हाउसका सौरभ मुखिया लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।
यस सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी चौकीका प्रतिनिधिहरूले लाइट बोर्डले जनसाधारणले प्रहरी सेवा सहजै पहिचान गर्न मद्दत गर्ने उल्लेख गर्दै नेस्ट डिजाइन ब्रान्डिङ स्टुडियो र क्रिएशन हाउसको पहलको प्रशंसा गरेका छन्।

